Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

‘म्याड म्याक्स फ्युरी रोड’को नयाँ शृंखलाको ट्रेलर : खतरनाक एक्सन दृश्यले भरिपूर्ण


काठमाडौं। सन् २०१५ मा रिलिज भएको चर्चित हलिउड एक्सन फिल्म ‘म्याड म्याक्स फ्युरी रोड’को पाँचौं श्रृंखलाको सशक्त ट्रेलर सार्वजनिक भएको छ । २४ मे २०२४ मा प्रदर्शन हुने बताइएको फिल्मको ट्रेलर खतरनाक एक्सन दृश्यले भरिपूर्ण छ । अघिल्लो भागमा चार्लिज थेरोनले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । यसले एक जवान फुरियोसाको जीवनलाई पछ्याउँछ, जब एक भयावह संसारमा डुबेकी छिन् भने उनी यो संसारबाट मुक्त हुन संघर्ष गरिरहेकी छिन् ।

उक्त फिल्मको यो श्रृंखलालाई प्रिक्वेल बताइएको छ । ‘फ्युरियोसा’ नामाकरण गरिएको यो श्रृंखला म्याड म्याक्सको अघिल्लो भाग हेरेका दर्शकलाई रोमाञ्चक बन्ने निश्चित छ । अभिनेत्री एन्ना टेलर जोयले फ्युरियोसाको भूमिका निर्वाह गरेकी छन् ।

उक्त फिल्ममा क्रिस हेम्सवर्थ र टम बर्केले पनि अभिनय गरेका छन् भने ब्राजिलमा आयोजित कमिक–कन समारोहमा यो रोमाञ्चक ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्मलाई हलिउडको प्रतीक्षितमध्ये मानिएको छ । यो फिल्मको नाम ‘फ्युरियोसा स् अ म्याड म्याक्स सागा’ हुनेछ ।

‘ऊ एक जटिल व्यक्ति हो । एकदमै हिंस्रक, पागल र क्रुर जो वेस्टल्याण्डमा जन्मिएको हो । जुन संसारमा ‘म्याड म्याक्स’को कथा हुन्छ । ऊ आफ्नो वातावरणको उत्पादन हो,’ अभिनेता हेम्सवर्थले चरित्रबारे बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?