Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘म्याड म्याक्स फ्युरी रोड’को नयाँ शृंखलाको ट्रेलर : खतरनाक एक्सन दृश्यले भरिपूर्ण


काठमाडौं। सन् २०१५ मा रिलिज भएको चर्चित हलिउड एक्सन फिल्म ‘म्याड म्याक्स फ्युरी रोड’को पाँचौं श्रृंखलाको सशक्त ट्रेलर सार्वजनिक भएको छ । २४ मे २०२४ मा प्रदर्शन हुने बताइएको फिल्मको ट्रेलर खतरनाक एक्सन दृश्यले भरिपूर्ण छ । अघिल्लो भागमा चार्लिज थेरोनले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । यसले एक जवान फुरियोसाको जीवनलाई पछ्याउँछ, जब एक भयावह संसारमा डुबेकी छिन् भने उनी यो संसारबाट मुक्त हुन संघर्ष गरिरहेकी छिन् ।

उक्त फिल्मको यो श्रृंखलालाई प्रिक्वेल बताइएको छ । ‘फ्युरियोसा’ नामाकरण गरिएको यो श्रृंखला म्याड म्याक्सको अघिल्लो भाग हेरेका दर्शकलाई रोमाञ्चक बन्ने निश्चित छ । अभिनेत्री एन्ना टेलर जोयले फ्युरियोसाको भूमिका निर्वाह गरेकी छन् ।

उक्त फिल्ममा क्रिस हेम्सवर्थ र टम बर्केले पनि अभिनय गरेका छन् भने ब्राजिलमा आयोजित कमिक–कन समारोहमा यो रोमाञ्चक ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्मलाई हलिउडको प्रतीक्षितमध्ये मानिएको छ । यो फिल्मको नाम ‘फ्युरियोसा स् अ म्याड म्याक्स सागा’ हुनेछ ।

‘ऊ एक जटिल व्यक्ति हो । एकदमै हिंस्रक, पागल र क्रुर जो वेस्टल्याण्डमा जन्मिएको हो । जुन संसारमा ‘म्याड म्याक्स’को कथा हुन्छ । ऊ आफ्नो वातावरणको उत्पादन हो,’ अभिनेता हेम्सवर्थले चरित्रबारे बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?