Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता गर्ने


काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ भने सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

त्यस्तै, उम्मेदवारी दर्ताको समय तोकिएको छैन, तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ भने सम्भवत आइतबार यसबारे निर्णय हुनेछ । १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

 


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?