Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स, अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा


नुवाकोट। बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित हुने बित्तिकै सपथ खानेबेलामा ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका थिए । सोही बाचा अनुसार नगरपालिकाले हाल तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको हो ।

उक्त नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मङ्गलवार बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । सो एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

उक्त एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने समेत बताए । उनले अहिले भूगोलका हिसाबले पाएक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने बताएका छन् । त्यसैगरी स्वास्थ्य सुविधा पाउनु जनताको नैर्सगिक अधिकार भएको बताउँदै उनले नगरपालिका नगरवासीहरूको यस अधिकारका लागि सधैँ तत्पर रहेको बताए ।

उक्त नगरपालिकाले प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा एम्बुलेन्स खरिद गरेको हो भने भन्सार महसुल, प्रज्ञापन पत्रशुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैंयामा तीन बटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । त्यस्तै, नेपालकै कान्छो नगरपालिका बेलकोटगढीमा यी एम्बुलेन्स सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकहरूलाई निक्कै सहज भएको स्थानीयहरू बताउँछन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?