Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

दाहाल र भट्टराईलाई सेजन अवार्ड


काठमाडौं। यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

त्यसैगरी, कान्तिपुर दैनिकमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणबारेको समाचार लेखनका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिएका छन् । भोला चालिसे लिबरल जर्नलिजम अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोख्रेल, सेजन डिजिटल मिडिया अवार्ड क्लिकमाण्डुका राजेश बर्मा र सेजन छापा माध्याम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई प्रदान गरिएको छ ।

त्यस्तै, ‘स्व सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई उपलब्ध गराइएको छ भने सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?