Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

दाहाल र भट्टराईलाई सेजन अवार्ड


काठमाडौं। यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

त्यसैगरी, कान्तिपुर दैनिकमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणबारेको समाचार लेखनका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिएका छन् । भोला चालिसे लिबरल जर्नलिजम अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोख्रेल, सेजन डिजिटल मिडिया अवार्ड क्लिकमाण्डुका राजेश बर्मा र सेजन छापा माध्याम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई प्रदान गरिएको छ ।

त्यस्तै, ‘स्व सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई उपलब्ध गराइएको छ भने सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?