Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’


काठमाडौं। नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा  नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरिएको जानकारी दिँदै मानवअधिकार र मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्ध्न गर्ने संवैधानिक व्यवस्था समेत गरिएको बताएका छन् ।
नेपालले समानता र न्यायका लक्ष्य हासिल गर्न बाह्य सहायताको आवश्यकता परेका देशहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस्तै, नेपाल पक्ष भएको अन्तरराष्ट्रिय मानवअधिकार संयन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय दण्डसंहिता र जातीय भेदभाव तथा छुवाछूत ऐनले जातीय भेदभाव र अन्य भेदभावलाई आपराधिक गतिविधिमा समावेश गरिएको जानकारी मन्त्री गुरुङले दिए । उनले भेदभावविरुद्ध उनले नेपालको ‘शून्य सहनशीलता’ नीतिले सकारात्मक परिणाम देखाएकोे बताएका छन् ।
उक्त बैठकमा मन्त्री गुरुङले ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेसहित तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?