Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

‘परदेशी २’ आजदेखि कतार र इराकमा रिलिज


काठमाडौं। प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ बिहीबारदेखि मध्यपूर्वका कतार र इराकमा रिलिज भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा प्रदर्शनमा ल्याएको हो ।

‘यसअघि मध्यपूर्वका केही मुलुकमा राम्रै चलिरहेको फिल्मलाई इराक र कतारमा लगाएका छौं,’ ढकालले भने । नेपाली फिल्मका लागि इराक नयाँ बजार हो । यसअघि त्यहाँ छक्कापञ्जा ४, पशुपतिप्रसाद २ र जारी रिलिज भएका छन् । यसअघि यो फिल्म यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालका अनुसार इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको हो ।

दशैं छेकोमा नेपालमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मले घरमा राम्रै कमाइ गरेको थियो भने यो फिल्मले वैदेशिक रोजगारको सामाजिक प्रभावको कथा पेश गर्छ ।

 


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?