Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

दयाहाङ राईलाई लिएर निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ बनाउने


काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्मको शीर्षक ‘दुःखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई रहेका छन् ।

निर्माता कडरियाले निर्देशक लामाकै लेखन र निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ २’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुःखी आत्मा’ तय गरिएको हो । त्यस्तै, पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको यो फिल्ममा दीपेन्द्र र दयाहाङको चौथो सहकार्य हो । यी दुईले सँगै काम गरेको फिल्म ‘नांगो गाउँ’ हालै प्रदर्शनमा आएको थियो भने घामपानी र दुई नम्बरीमा पनि उनीहरुले सहकार्य गरे ।

२०८० सालको अन्त्यबाट छायांकन गर्ने जनाइएको यो फिल्मको कास्टिङ र प्राविधिकको चयन बाँकी छ भने काठमाडौंमै खिचिने फिल्म सामाजिक र हास्यव्यंग्य कथावस्तुमा आधारित हुने निर्देशक लामाले जनाएका छन् । निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । त्यस्तै, बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

त्यस्तै, अधिकांश प्राविधिक टोली ‘नाङ्गो गाउँ’कै रहने यो फिल्मको वितरण पनि आरआर फिल्म्सले गर्दैछ । फिल्मको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनिक गरिने निर्माता कडरियाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?