Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक


चौतारा। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक रु ३५ लाख आम्दानी गर्दै आएका छन् ।

तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिनुभएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थालेक हुन् । त्यसैगरी पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गर्नुभएका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल भए भने पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताए ।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गगरेका छन् भने सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उनले बताए । उनका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो भने दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन् । त्यस्तै, रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो । त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ रहेको छ ।

अब उनीसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ भने कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउछन् । आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनको अनुमान रहेको छ । ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ भने सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसकेका उनले बताए।

त्यस्तै, अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गरे । पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन रु पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?