Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन माओवादीले गर्‍यो ३ हजार स्वयंसेवक परिचालन


काठमाडौं। रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।

त्यस्तै, अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ भने रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिङ्गो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रूपान्तरण गरिएको माओवादी रुकुम पश्चिमले जनाएको छ । पश्चिम रुकुमको सिङ्गो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेको बताइएको छ ।

माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताएका छन् । त्यस्तै, पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।

त्यस्तै, भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता(कार्यकर्ताहरु पनि खटिएका छन् भने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?