Trending
>>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता


मनहरी। बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका छन् । यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने विकास व्यक्त गर्दै उनले बुद्धिचाल खेलका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने तयारीमा आफूहरू रहेको बताएका छन् ।

त्यस्तै, नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामा, नगर खेलकुद विकाश समिति अध्यक्ष चन्द्र लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले प्रतियोगीताको लागि सफलताको सुभकामना व्यक्त गरेका थिए । मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । स्वीस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने श्रेष्ठले बताए ।

उक्त प्रतियोगिताको पहिलो दिन आज पहिलो राउण्डमा ८६ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने र साँझ दोस्रो चरणको पनि खेल हुने उनले बताए । सो प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् भने यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछन् ।

त्यस्तै, चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँदेखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही रु ११ हजार प्रदान गरिने बताइएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?