Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एनएसएलमा आज पोखरा र ललितपुर भिड्दै


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए भने त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर मैदानमा उत्रिँदै छन् ।

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । त्यस्तै, लितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो भने ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए ।

त्यसैगरी, उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो भने पोखराका लागि विदेशी खेलाडी मोसेसले गोल गरेका थिए ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?