Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल


बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।

सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी रहेको छ भने भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका छन् । त्यति ठूलो रकम दिने अवस्था नभएको बताएपछि मेसु बस्यालमाथि कुटपिट भएको क्षेत्रीले बताएका थिए ।कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने बस्याल खतरामुक्त छन् ।

त्यसैगरी, मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?