Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

काभ्रेपलाञ्चोकको नमोबुद्धद्वारा नागरिकका घरदैलोमै सेवा


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत नागरिकको घरदैलोमै सेवा उपलब्ध गराउन थालेको छ । घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत कृषि तथा पशुसम्बन्धी घरदैलामै सेवा प्रदान गरिरहेको कार्यालयका योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नगर कार्यालयबाट भौगोलिकरूपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजस्व सङ्कलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपाङ्गतालगायतका लक्षित वर्ग सम्बन्धमा नगरबाट प्रदान गरिने सेवासहित सबै वडास्तर तथा घरदैलोमा सेवा प्रदान गरिएको हो । त्यसैगरी घुम्ती सेवा यही मङ्सिर मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरी नागरिकको घरदैलोमै सेवा पुर्याइएको नगरप्रमुख कुन्साङ लामाले बताए । उनले भने, “नगरका आम नागरिकलाई घरदैलोमै सेवा सुविधा दिने हाम्रो उद्देश्य रहँदै आएको छ ।”

त्यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्वीकृत वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता भइरहेको जनाइएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?