Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

मौसम बदली भएसँगै चिसो बढ्न थाल्यो


बाजुरा। आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघा खोकी लगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

त्यस्तै, चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन् ।

उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौँ, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन् । लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो । सो जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?