Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

काजोल र रश्मिकापछि आलिया पनि डीप-फेकको शिकार


काठमाडौं। डीप-फेकले बलिउड सेलिब्रिटीलाई हैरानी दिन थालेको छ । पछिल्लो समय नाम चलेका भारतीय कलाकारको डीप–फेक भिडियो र तस्वीर इन्टरनेटमा भाइरल बनिरहेका छन् ।

यसबाट रश्मिका मन्दाना र काजोलजस्ता स्टार पीडित भइसकेका छन् । यो सूचीमा जोडिएकी छिन् आलिया भट्ट । इन्टरनेटमा भाइरल भइरहेको नयाँ डीप–फेक भिडियोमा आलियाजस्तै देखिने एक युवतीलाई दर्शाइएको छ भने यसलाई लिएर फ्यान निकै चिन्तित छन् । त्यस्तै आलियाको यो नयाँ सम्पादन गरिएको भिडियो अन्य केही भारतीय सेलिब्रिटीले समेत यस्तै परिस्थितिको सामना गर्न परिरहेको बेला सार्वजनिक भएको छ भने प्रविधिको दुरुपयोगका कारण कलाकार यसरी शिकार भइरहेका छन् । प्रहरीले यस्तो अपराध गर्नेको खोजी गरिरहेको जनाइएको छ । उक्त भिडियोमा एक युवतीले नीलो रङको फ्लोरल को–अड् सेट पहिरिएको देखिएको छ । त्यसपछि क्यामेरातर्फ हेर्दै अश्लील इशारा गरेको देखिएको छ, तर राम्ररी हेरेमा सो भिडियोमा देखिएकी युवती अभिनेत्री आलिया होइनन् भन्ने थाहा पाउन सकिन्छ भने अभिनेत्रीको अनुहार अरुको शरीरमा सम्पादन गरिएको छ ।

त्यस्तै, यसअघि अभिनेत्री रश्मिका मन्दानाको डीप–फेक भिडियो भाइरल भएपछि उनले चिन्ता व्यक्त गरेकी थिइन् । ‘एनिमल’ अभिनेत्रीले ट्वीटरमा लेखेकी छिन्, ‘साँच्चै भन्ने हो भने यस्तो कुरा मेरो लागि मात्र होइन, हामी सबैका लागि धेरै डरलाग्दो छ, जो आज प्रविधिको कारण जोखिममा छौं । आज एक महिला र अभिनेत्रीको रूपमा म मेरो परिवार र साथीप्रति कृतज्ञ छु जसले मलाई सुरक्षा दिइरहेका छन् । तर यदि मलाई स्कुल वा कलेजमा यस्तो भएको भए म यो गर्न सक्षम हुने थिइनँ ।’ त्यसैगरी रश्मिकाको डीप–फेक भिडियो भाइरल भएको केही दिनपछि बलिउड अभिनेत्री काजोलको भिडियो पनि इन्टरनेटमा आएको थियो ।

सो क्लिपमा काजोलको अनुहार शरीरमा खिचेर क्यामेरामा कपडा बदलिरहेकी महिला देखिन्छिन् । यद्यपि, बुमलाइभजस्ता प्लेटफर्मका अनुसार उक्त भिडियो एक सोसल मिडिया प्रयोगकर्ताको थियो, जसले ‘गेट रेडी विथ मी’ ट्रेन्डमा क्लिप पोस्ट गरेको थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?