Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कमला नदीमा आज धामी झाँक्रीको मेला


काठमाडौं। धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा आज भूतमेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँ गाउँबाट भूत मेलामा स्थानीय पुग्ने गर्छन् ।

उक्त नदीमा स्नान गर्दा पाप क्षय हुने र आजको दिन भुत बैताल, देवी देवताहरूको गुहान गर्दा त्यसबाट छुटकारा पाउने तथा नयाँ झाँक्री बन्न चाहनेका लागि पनि आजको दिन उपयुक्त हुने भगवानपट्टीका धामी राजेन्द्र दासले बताएका छन् । धामी झाँक्रीहरूले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा निकै पुरानो भएको दासको भनाई रहेको छ । त्यस्तै, आज बिहानै मेला हेर्न धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भन्ने गरिन्छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् भने उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी तथा स्थानीय बताउँछन् ।

 


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?