Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई स्थलगत तालिम


काठमाडौं। अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर शहिद प्रहरी परिवारका निमित्त एक दिवसीय कृषि सम्बन्धी तालिम प्युठान नगरपालिका-९ मरन्ठानास्थित वडा कार्यालयको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानको संयुक्त आयोजनामा सीपमूलक एवम् व्यावसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले र अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर शहिद प्रहरी परिवारलाई मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलीकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि उक्त तालिम सञ्चालन गरिएको हो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सामूहिक सहकार्यले अवकाश प्राप्त प्रहरी कर्मचारीहरू तथा अमर शहिद प्रहरी परिवारको पारिवारिक जीवनमा सुधार हुने, शारीरिक मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्नुका साथै उत्पादन र आर्थिक रूपमा समेत टेवा पुग्ने बताए ।

त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुको साथै सहभागीहरूबाट उठेका जिज्ञासा र सवालहरूको जवाफ दिएका थिए । सो अवसरमा प्युठान नगरपालिका-२ का वडाध्यक्ष तथा नेपाल पूर्व प्रहरी सङ्घ प्युठानका जिल्ला अध्यक्ष मोहन सिंह विष्ट, प्युठान नगरपालिका-९ का वडाध्यक्ष विकास केसी र पूर्व वडा अध्यक्ष नेयर सिंह केसीले समेत आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानले महिला लक्षित तरकारी उन्नत बीउ किट अमर प्रहरी परिवारका महिलाहरूलाई जनही १/१ थान वितरण गर्नुका साथै उपस्थित सम्पूर्णलाई रातो मुलाको बीउ र आलुमा छर्ने कीटनाशक औषधि वितरण गरी सोको प्रयोग गर्ने तरिका सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?