Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा


बुटवल। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले बुटवल क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषणका साथै सार्वजनिक स्थानमा अस्वाभाविक एवं गैरकानुनी रूपमा मोटरसाइकल स्टन्ट गर्दै सामाजिक सञ्जालहरूमा भिडियो पोष्ट गर्ने ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, केहि मोटरसाइकल चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकहरूमा अस्वाभाविक तवरबाट सवारी आवागमनमा वाधा पर्ने गरी समूह बनाई मोटरसाइकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदूषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लङ्घन गर्नुको साथै त्यस्ता अस्वाभाविक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच एवं खोजतलास गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?