Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

कर्णाली प्रदेशलाई हराउँदै बागमती सेमिफाइनलमा


काठमाडौं। कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै, रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो भने बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे । त्यस्तै वान डाउन आएका इशानले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रनको आक्रमक पारी खेले । प्रतिश जिसी १२ रनमा अपराजित भए भने अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै, कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए भने दिवान पुन र अनुज चहराले १–१ विकेट लिए ।

त्यसैगरी बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो । कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने कपतान रवीन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १-१ विकेट लिए । त्यस्तै, समान एक खेल खेलेका कर्णाली र आयोजकको रातो टिम अंक विहीन रहे । सो पोखरामा मदन भण्डारी स्पोर्टस फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?