Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा


देउखुरी,दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएकी छन् । अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको आज बिमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिइन् । “भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमात्र यो जीवित रहन्छ,” उनले भनिन् । त्यसैगरी लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताएकि छन् ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गरे । उहानले लोप हुन लागेका भाषासंस्कृति संरक्षणका लागि स्थानीय तहले सहयोग प्रतिबद्धता व्यक्त समेत गरे । कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले २०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक सङ्ख्या एक सय ६२ जना रहेको बताउदै कुसुन्डा भाषाको महत्त्व बुझाउन जरुरी रहेको बताए । अन्य भाषामा बाबुआमाले छोराछोरीलाई सिकाउने प्रचलन रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबुआमा वा घरपरिवारलाई सिकाउनुपर्ने अवस्था रहेको बताए । नेपाल सरकारको सहयोग चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका–५ को महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरेर कुसुन्डा समुदाय र गैर कुसुन्डाले पढ्न र लेख्न र बोल्न सक्ने भएका छन् ।

त्यस्तै, अनुसन्धानकर्ता उदयराज आलेले भाषा संरक्षणका लागि चारवटा पाठ्य पुस्तक तयार गरेका छन् । कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्ने सक्ने भएको बताउदै उनले कुसुन्डा भाषाका नागरिक छरिएरभन्दा एकै स्थान बसोबास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताएका छन् । अनुसन्धानकर्ता आलेले पाँच वर्ष लगाएर तयार पार्नुभएको कुसुन्डा समुदायको वेशभूषा, भाषा, संस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?