Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

दुर्गा प्रसाईँ प्रशासनको निगरानीमा, घरमा प्रहरी परिचालन


भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको छ भने भक्तपुर थिमीस्थित उनको निवासमा प्रहरी तैनाथ गरिएको छ ।

सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘उनको सुरक्षामा पहिलेदेखि नै सुरक्षाकर्मी खटिएकै थिए । अहिले थप निगरानी बढाएको मात्र हो । बाहिर निस्कन बन्देज गरिएको छैन ।’ प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा विरोधका कार्यक्रम गर्ने योजना बनाएको थियो ।उक्त कार्यक्रम गर्न अनुमति नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी, गणतन्त्रविरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो ।

नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ भने उनलाई त्यहाँबाट बाहिर निस्कन नदिने प्रहरीको तयारी रहेको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?