Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरण: प्रहरी रोहबरमै १० लाखमा मिलापत्र


जनकपुरधाम। जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो भने मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेका थिए, तर सो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला नगरपालिका-२ नक्टाझिजका वीरबहादुर रयासलीले जानकारी दिए । त्यस्तै, मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो, तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे । मृतक बालकको ठूलाबुबा टिकाराम कालिकोटे आइसकेपछि उनीहरुकै उपस्थितमा मिलापत्र भएको सुनिलको भनाइ रहेको छ । सो घटनापछि मिल्न र लास हस्पिटलबाट उठाएर लग्न प्रहरीले दबाब बनाएको थियो । मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यशाखाका प्रहरी निरीक्षक विनयकुमार सिंहको कमाण्डको टोलि त्यहाँ उपस्थित रहेका थिए ।त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि राति नै मिलापत्र गरी मृतक परिवार शव लिएर घर पुगेको बताए । यद्यपि के सर्तमा मिलापत्र भयो भन्ने कुरा प्रहरी निरीक्षक नै त्यहाँ हुँदा भएकोले उनैलाई थाहा भएको डीएसपी अवाको भनाइ रहेको छ । ‘इन्सपेक्टर सिंह मध्यराति नै मृतक परिवार र हस्पिलबिच सहमति भयो भनेर भन्नु भयो । राति नै मृतक परिवारले शव बुझेर घर फर्कियो, तर के के सहमति भयो भनेर बुझेकै छैन । इन्सपेक्टर साहब सुत्नु भएको छ, बुझ्नै पछर्,’ डीएसपी अवाले भने ।

उक्त वार्तामा बस्नु अघि नै मृतक बालकका ठूलाबुबा टिकारामले राति साढे ८ बजे आफूलाई हस्पिटलमा इन्सपेक्टरले वार्तामा बस्न दबाब दिइरहेको र हातपात गर्न खोजेको गुनासो फोनमा गरेका थिए । ‘बच्चा मर्‍यो नि उसको म ठूलडेडी हो । अघि मलाई माथि लगेर इन्सपेक्टरले तपाईं वार्तामा बस्नै पर्छ भनेर हातपात गर्न खोज्यो । नभए तपाईंलाई थुनिदिन्छु भनेर धम्क्याउनु भयो,’ उनले गुनासो गरेका थिए । त्यसअघि साँझ हस्पिटल अगाडि मृतक परिवारले टायर बालेर प्रदर्शन गर्दै ढंगामुढा गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले मृतक बालकका मामासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । त्यहाँ उपस्थित मृतकका आफन्तका अनुसार प्रहरीले पहिले वार्तामा बसेर सहमति गरेर शव अस्पतालबाट उठाए मात्र पक्राउ गरेकालाई छाड्ने सर्त राखेको थिए । तर, पहिला पक्राउ परेकालाई छाडे मात्र वार्तामा बस्ने सर्त मृतक परिवारले राखेपछि प्रहरीले करिब १० बजे राति छाडेको थियो । त्यसपछि हस्पिटल र मृतक परिवार वार्तामा बसेको थियो । प्रहरीले भने जसरी पनि सहमति गर्नु पर्ने दबाब दिएको थियो । त्यस्तै, विशिष्टीकृत हस्पिटलको रुपमा संचालनमा रहेको यो हस्पिटलको मापदण्ड पूरा नगर्दा स्वास्थ्य सेवा विभागले संचालन स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।

त्यस्तै, चर्को उपचार शुल्क लिने यस हस्पिटलमा क्षमता भन्दा बाहिर गएर बिरामीको जबरजस्ती उपचार गर्दा पटकपटक मृत्यु, शुल्क बुझाउन नसक्दा बिरामी र शवलाई बन्धकसम्म बनाएको घटनाहरु हुने गरेको छ, तर कुनै पनि सरकारी संयन्त्रले हालसम्म कारबाही गरेको छैन । मृतक परिवारलाई रकम दिएर घटना ढाकछोप गरिएको जनकपुरधामको न्यूरो हस्पिटल मात्र होइन यसअघि जनकपुरको गोदाबरी हस्पिटल, रामजानकी हस्पिटल, सुरक्षा हस्टिललगायतमा भएका लापरबाही घटनाहरु रकम लेनदेनमा मिलापत्र गरिएको छ । प्रहरी प्रशासनले छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गराउने र दोषी उम्काउनेमा भूमिका खेल्दै आएका छन् भने कसैलाई कारबाही नह्ँदा निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै गएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?