Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

नेप्से परिसूचकको उकालो यात्रा


काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ । उक्त कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ भने कूल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर रु एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भएका छन् । त्यसैगरी कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १३ करोड १० लाख ७६ हजार एक सय पाँच बुराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स रु नौ करोड ५८ लाख एक सय ६९,सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रु पाँच करोड ४१ लख ९८ हजार एक सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड २१ लख २७ हजार सात सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नवील बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?