Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

 उर्लाबारीको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो


विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । २६ कात्तिकमा स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए भने घाइतेमध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनका अनुसार मंगलबार विहान एक जनाको मृत्यु भएको थियो । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो । उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको हो भने मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो । सो आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

 

 

 


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?