Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

 उर्लाबारीको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो


विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । २६ कात्तिकमा स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए भने घाइतेमध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनका अनुसार मंगलबार विहान एक जनाको मृत्यु भएको थियो । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो । उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको हो भने मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो । सो आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

 

 

 


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?