Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सुरक्षा व्यवस्थामा कडाई, यस्तो छ दुर्गा प्रसाइको नेतृत्वमा हुने आन्दोलनको रुट


काठमाडौं। दुर्गा प्रसाई नेतृत्वको आन्दोलनको रुटसार्वजनिक भएको छ । सहप्रवक्ता राजानन्द माण्डव्यले आधिकारिक बक्तव्य र रुटबारे जानकारी गराएका हुन् । दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात् उनले बल्खुचाेकमा प्रदर्शन गर्ने भएका हुन्।

प्रशासनले साेमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियाे। त्यसपछि दुवै पक्षबीच छलफल गरी प्रसाईं समूहलाई बल्खुचाेकमा प्रदर्शन गर्न अनुमति दिइएको हो।

प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। प्रसाईं समूह र एमाले निकटको राष्ट्रिय युवा संघकाे कार्यक्रम जुधेपछि प्रशासनले सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे हाे।

त्यस्तै नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन कार्यक्रम काठमाडौंको तिनकुनेमा हुने भएको छ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेकाले तिनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन् । यससँगै सरकारले सुरक्षा व्यवस्थामा कडाई गरेकाे छ ।

 


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?