Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

जाजरकोटमा अस्थायी संरचनाबाट प्रशासन सेवा


जाजरकोट। बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ । शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रशासन कार्यालय रहेको सेतो दरबार दुई सय २८ वर्ष पुरानो र रातो दरबार दुई सय ७५ वर्ष पुरानो थियो भने तीन पटकसम्म भूकम्प खेपेका यी दरबार यो पटक भने बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

उक्त कार्यालयले खुल्ला चौरमा त्रिपाल (डिब्बा) राखेर दैनिक सरकारी सेवा दिन थालेको उनले बताए । त्यस्तै, नागरिकता, राहदानी, तथा अन्य विभिन्न सिफारिसदेखि अन्य काम यिनै डिब्बाबाट भइरहेको छ भने उनान्चास घर परिवारका ७७ मृतकका परिवारलाई विपद् व्यवस्थापन कोषबाट रु एक करोड २७ लाख राहत स्वरुप दिइएको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?