Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

जर्मनीको लगातार दोस्रो हार, अष्ट्रियासँग २-० ले पराजित


काठमाडौं। अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ । भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो । त्यस्तै, खेलको २९औं मिनेटमा मार्सेल सबितजरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। त्यस्तै, अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो भने जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए । ४९औं मिनेटमा साने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा समेटियो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनरले ७३औं मिनेटमा दोस्रो गोल गरे । त्यस्तै, सेप्टेम्बरमा मुख्य प्रशिक्षक बनेका जुलियन नागेल्सम्यानको लागि यो लगातार दोस्रो हार हो । यसअघि शनिबार जर्मनी टर्कीसँग ३-२ ले पराजित भएको थियो भने नागेल्सम्यानले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको र अझै धेरै सुधार गर्नुपर्ने बताएका छन् । त्यसैगरी जर्मनीका कप्तान इल्के गुन्डागोले हारपछि निराश भएको बताए । उनले अष्ट्रेलियाले जर्मनीले गोलको अवसर बनाउन दिएको र डिफेन्डिङ गर्दा फ्रन्टबाटै सुरु गर्नुपर्ने बताए । जर्मनीले आगामी वर्ष जुनमा युरोकप आयोजना गर्दैछ र लगातार हारले दबाब थपिएको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?