Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मंसिर ७ गते युवा संघले तिनकुने र दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने


काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात् उनले बल्खुचाेकमा प्रदर्शन गर्ने भएका हुन्।

प्रशासनले साेमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियाे। त्यसपछि दुवै पक्षबीच छलफल गरी प्रसाईं समूहलाई बल्खुचाेकमा प्रदर्शन गर्न अनुमति दिइएको हो।

प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। प्रसाईं समूह र एमाले निकटको राष्ट्रिय युवा संघकाे कार्यक्रम जुधेपछि प्रशासनले सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे हाे।

त्यस्तै नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन कार्यक्रम काठमाडौंको तिनकुनेमा हुने भएको छ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेकाले तिनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन् ।

 


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?