Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विभागलाई पूर्णता दिएर छिट्टै देशव्यापी प्रशिक्षण सुरु गर्छौ: प्रशिक्षण विभाग प्रमुख अर्याल


काठमाडाैं । लाेकतन्त्रवादी पत्रकारहरुकाे छाता संस्था नेपाल प्रेस युनियनको प्रशिक्षण विभागकाे प्रमुखमा केन्द्रीय उपाध्यक्ष नकुल अर्याल मनाेनित भएका छन् । युनियनका अध्यक्ष शिव लम्सालले युनियनको विधानकाे परिच्छेद ४ काे दफा २८ बमोजिम १५ वटा विभाग गठन गरेका हुन् । अध्यक्ष लम्सालले वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई अनुशासन र उपाध्यक्ष अर्याललाई प्रशिक्षण विभागकाे प्रमुखकाे जिम्मेवारी दिएका छन् ।

युनियनले प्रशिक्षण वर्षको घाेषणा गरेकाे सन्दर्भमा आफूलाई प्राप्त विभागीय जिम्मेवारी सक्रियताका साथ पूरा गर्ने प्रशिक्षण विभागका प्रमुख अर्यालले बताए । उनले छिट्टै विभागलाई पूर्णता दिएर देशव्यापी प्रशिक्षण सुरु गरिने बताए । यसअघि अर्यालकै प्रस्तावमा युनियनले “प्रशिक्षण वर्ष २०८०” घाेषणा गरेकाे थियाे ।

युनियनका उपाध्यक्षहरु भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् । त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?