Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एनआरएनए नेता कार्कीसहित २२ जुवाखालबाट पक्राऊ, स्वयम्भु प्रहरीको हिरासतमा !


काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टीबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ। कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पुर्व सल्लाहकार एबं एघारौ अधिवेसनको निर्वाचन समितीका सदस्य रहिसकेका व्यक्ती हुन । उनीलगाएतका ब्यक्तिहरु स्वयम्भू क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।

हाल कार्कीलाई प्रहरी बृत्त स्वयम्भुको हिरासतमा राखिएको छ भने यसअघि पनि उनी यस्तो प्रकरणमा पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार कार्कीले हाल एमालेका नेता र प्रहरी हाकिमहरुको पावर लगाउँदै प्रहरीबाट छुट्ने प्रयास गरिरहेका छन । तर, मिडियामा सोमबार हल्लाखल्ला भएपछी र समाचार प्रकाशित भएपछी प्रहरीले उनलाई छाड्न सकेको छैन । अहिले बाहिर हल्ला भएकाले पक्राऊ परेकाहरु तिहारभर प्रहरी खोरमै हुने देखिएको छ भने उनिहरुलाई जुवा एनअन्तर्गत कार्वाही हुने जनाईएको छ ।

एनआरएनएको ११ औँ महाधिवेशनमा विवादका बीच निर्वाचन समितिका सदस्यको नाताले कार्कीले नै बद्री केसीलाई शपथ दिलाएपछी एनआरएनए अभियन्ता नै भए पनी उनी विवादमा तानिएका थिए । कार्कीले पुर्व अध्यक्ष बद्री केसी समुहसँग आर्थिक साठगाठ गरेर निर्वाचन समितीका अन्य सदस्यले निर्वाचनमा धाधलि भएको भन्दै बहिस्कार गर्दा पनि र पुर्व अध्यक्षहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै महाधिवेसन र निर्वाचन स्थगित गराउदा पनि जवरजस्ती केही पदाधिकारीको सपथ खुवाएका थिए । उनले निर्वाचन समितीलाई मिलाउने भन्दै केसी समुहबाट करोडौ रकम लिएको र तेही रकमले अहिले जुवा खेलेको एनआरएनए स्रोतले दावी गर्यो ।

जुवाको खालबाट केही अन्य हाइप्रोफाइल व्यक्तिहरु पनि पक्राउ परेका छन । एनआरएनएका पुर्व उपाध्यक्ष कार्की र एनआरएनए स्विजरल्यान्डका सँस्थापक संजय मुडवरी सहित २२ जना पक्राऊ परेका छन ।यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन । सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका सबै व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन । पक्राउ पर्नेमा प्रहरी हाकिमहरुका आफन्त समेत पनि रहेका छन ।


प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?