Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न


पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गर्नुभयो । रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन् ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ । भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?