Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न


पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गर्नुभयो । रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन् ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ । भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?