Trending
>>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

दिवाली–छठ : किसानलाई आर्जनको अवसर


महोत्तरी। दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दू मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ । उक्त पर्व विशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो मूल्य पाउने भएपछि यहाँका किसान यो बेला आर्जनसँग जोडिएका छन् । श्रमजीवीका लागि आफ्नै गाउँघर वरपर कामका अवसर थपिनाले यी पर्व गरिब र श्रमिकका लागि विशेष बन्दै आएका हुन् । त्यस्तै, घर करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर, केरालगायत उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् भने दिवालीमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर पनि पर्व खर्चको जोहो हुन्छ । “खासमा केराको प्रतिझ्याङ्गमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन । बढी भएका कोथा छ्याँस्ने (उखाल्ने) फ्याँक्नु पर्छ”, पशुपतिनगरका किसान रामविनोद महतोले भने, “यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौं । सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।” उनका अनुसार केराका थामका लागि केही दिनपहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्दछन् । लक्ष्मीपूजाको दिन चोकबजारमा केराका थामको बजार नै लाग्ने उनको भनाइ रहेको थियो । “केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठ पर्वमा कतिपयको भाकल हुने गर्छ । दिवाली र छठ सँगसँगैजस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ”, महतोले भने, “यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा र बेसार, पातसहितको उखु पनि दुवै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनष्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।”

उनका अनुसार अरू बेला दैनिक रुपमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री तथा माटाका भाँडा, कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दिवाली र छठ पर्वका खास सामग्री हुन् । अरू बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बिक्री हुने महतोले जानकारी दिदै पर्वमा घर रङ्रोगन गर्ने सीपका कामदारको माग पनि बढ्ने बताए । बाँसको चोयाका सामग्री बुन्ने डोम र विन तथा माटाका भाँडा बनाउने कुम्हाल समुदायको यो समयमा निकै व्यस्तता बढ्ने गरेको छ । दिवालीमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे उपभोक्ताले खोजी गर्न थालेका स्थानीय व्यापारी बताउँछन् । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएका किसान अहिले पर्वविशेषमा महत्व पाइने कृषि उपज (अदुवा, उखु, ज्यामिर, केराआदि) बेचेर पर्व टार्ने धुनमा छन् । त्यस्तै, हिन्दू वैदिक परम्पराका दिवाली र छठ पर्व कृषिसँग अभिन्न रुपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?