Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ


चितवन। चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ । चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताएका छन् । यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ भने तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए । उक्त निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । “त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उनले भने, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाईएको छ ।”निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डङ्गा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ भने निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ ।

त्यस्तै, निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् भने पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए । निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ भने वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो ।

कलात्मक ढुङ्गेधारा निर्माण

धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा कलात्मक ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्मित सो ढुङ्गेधारा देवघाटधाम आउने तीर्थालु र मलामीलाई लक्षित गरी निर्माण गरिएको हो । देवघाटमा शव लैजाँदा उक्त ठाउँमा शव रोकी पिण्ड दिने प्रचलन रहेको छ भने पिण्ड दिन जल (पानी) आवश्यकपर्ने भएकाले उक्त ठाउँमा ढुङ्गेधारा निर्माण गरिएको हो । वागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो । त्यस्तै, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज धाराको शुभारम्भ गर्दै भरतपुरमा पहिलो पटक ढुङ्गेधारा निर्माण भएको बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो भने भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि रु २१ लाख ५७ हजार खर्च भएको प्रमुख उनले बताउए । त्यसैगरी, धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ‘ट्रिटमेन्ट प्लान्ट’ पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए भने उक्त स्थानमा बाँदर लगायतका वन्यजन्तुकोसमेत बासस्थान रहेको छ । निरन्तर पानी बहने ढुङ्गे धारामा वन्यजन्तुलेसमेत पिउन सहज भएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?