Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भूकम्पप्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै


काठमाडौं। भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै गएको छ । जाजरकोटको बारेकोट १ रामीकाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि टेलिफोन सेवा अवरुद्ध नभए पनि सेवाको गुणस्तरमा समस्या देखिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले सेवा सुधारका प्रयास थालेपछि सेवा सहज बन्दै गएको हो ।

नेपाल टेलिकमको घेत्मा रिपिटर स्टेशनमा आएको पावरको समस्याका कारण सो टावरमार्फत सञ्चालित दश वटा साइट टावरबाट प्रवाह हुने फोन र डाटा सेवामा समस्या देखिएको थियो । सो टावरमा रेक्टिफायर मर्मत र जेनेरेटर सञ्चालनपछि दश वटै साइट टावरको सेवा सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

त्यस्तै नायकवाडा सोलार साइडको समस्या समाधानका लागि बुटवलबाट जेनेरेटर लिएर प्राविधिहरु त्यसतर्फ प्रस्थान गरेको पनि टेलिकमले जनाएको छ । सेवाको गुणस्तर वृद्धिका लागि सल्लाभीरदेखि खारा र घेत्मादेखि सल्लाभीर बिचको माइक्रोवेब लिंकको क्षमता ५०० एमविपिएसबाट २.५ जिविपिएस बृद्धि गर्न प्राविधिकहरुले काम गरिरहेको टेलिकमका अधिकारीहरुलाई उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

त्यस्तै घेत्मा–आठबीसकोट–गोतामकोटबिचको माइक्रोवेब लिंकको क्षमता १८३ एमविपिएसबाट ५०० एमविपिएस बृद्धि गर्नका लागि प्राविधिहरु त्यसतर्फ गइरहेको र बढीमा दुुई दिनपछि सेवामा सुधार आउने जनाइएको छ । निर्माण भएर सञ्चालनमा आउन नसकेको रुकुमपश्चिम मग्गाको टावर पनि टेलिकमले भोलि बुधवारदेखि सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाइएको केसीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले आफ्ना कार्यालयका अतिरिक्त भूकम्प प्रभावितस्थलमै अस्थायी शिविर राखेर पनि सेवालाई गुणस्तरीय बनाउने तयारी थालेको जनाएको छ । यसका लागि काठमाडौं, भइरहवा र सुर्खेतबाट थप जनशक्ति परिचालन गरिएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?