Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भूकम्पप्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै


काठमाडौं। भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै गएको छ । जाजरकोटको बारेकोट १ रामीकाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि टेलिफोन सेवा अवरुद्ध नभए पनि सेवाको गुणस्तरमा समस्या देखिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले सेवा सुधारका प्रयास थालेपछि सेवा सहज बन्दै गएको हो ।

नेपाल टेलिकमको घेत्मा रिपिटर स्टेशनमा आएको पावरको समस्याका कारण सो टावरमार्फत सञ्चालित दश वटा साइट टावरबाट प्रवाह हुने फोन र डाटा सेवामा समस्या देखिएको थियो । सो टावरमा रेक्टिफायर मर्मत र जेनेरेटर सञ्चालनपछि दश वटै साइट टावरको सेवा सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

त्यस्तै नायकवाडा सोलार साइडको समस्या समाधानका लागि बुटवलबाट जेनेरेटर लिएर प्राविधिहरु त्यसतर्फ प्रस्थान गरेको पनि टेलिकमले जनाएको छ । सेवाको गुणस्तर वृद्धिका लागि सल्लाभीरदेखि खारा र घेत्मादेखि सल्लाभीर बिचको माइक्रोवेब लिंकको क्षमता ५०० एमविपिएसबाट २.५ जिविपिएस बृद्धि गर्न प्राविधिकहरुले काम गरिरहेको टेलिकमका अधिकारीहरुलाई उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

त्यस्तै घेत्मा–आठबीसकोट–गोतामकोटबिचको माइक्रोवेब लिंकको क्षमता १८३ एमविपिएसबाट ५०० एमविपिएस बृद्धि गर्नका लागि प्राविधिहरु त्यसतर्फ गइरहेको र बढीमा दुुई दिनपछि सेवामा सुधार आउने जनाइएको छ । निर्माण भएर सञ्चालनमा आउन नसकेको रुकुमपश्चिम मग्गाको टावर पनि टेलिकमले भोलि बुधवारदेखि सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाइएको केसीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले आफ्ना कार्यालयका अतिरिक्त भूकम्प प्रभावितस्थलमै अस्थायी शिविर राखेर पनि सेवालाई गुणस्तरीय बनाउने तयारी थालेको जनाएको छ । यसका लागि काठमाडौं, भइरहवा र सुर्खेतबाट थप जनशक्ति परिचालन गरिएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?