Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

नियमित खोपले शुक्लाफाँटामा बालमृत्यु दर शून्य


कञ्चनपुर। शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् भने खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेको छ । गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको सङ्ख्या शून्य रहेको छ । उक्त नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बालमृत्युको समस्या हटदै गएको हो । “बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ”, उनले भने, “नियमित खोप कार्यक्रमको प्रभावकारिता उनीहरुकै कारणले भएको छ, खोपकै कारण बालबालिकाको जीवन रक्षा गरी औषत आयुमा वृद्धि भएको छ ।” जन्मेदेखि १५ महिनासम्मका बालबालिकलाई नियमित खोप लगाइने गरिन्छ । उनका अनुसार २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको सङ्ख्या आठ सय ६८ छ । “खोप लगाउने कामलाई निरन्तररुपमा अगाडि बढाउँदै आएका छौँं”, नगरपालिकाका स्वास्थ्य शाखका प्रमुख भट्टले भने, “ दशैँ बिदाका बेला पनि खोप लगाएका छौँ ।”

खोपसँगै केन्द्रमा पुग्ने आमाहरुलाई स्वास्थ्य प्रवर्धन अन्तर्गतका सरसफाइ, पोषण, खोपका फाइदालगायतका बारेमा छलफल कार्यक्रम गरी सचेत पार्ने काम भइरहेको छ । “बसाइँ सारेर आएकाहरुको खोजी गरी खोप लगाउने उमेरका बालबालिकालाई खोप लगाउने काम पनि भइरहेको छ”, उनले भने, “सरकारको प्राथमिकतमा रहेको खोप कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको सबैभन्दा सफल कार्यक्रमका हो ।”


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?