Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने


काठमाडौँ। नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ ।
सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ । निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो ।
राहत कोष स्थापना : पर्यटन क्षेत्रका अगुवा संस्थाहरुले भूकम्पपीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन् । होटल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टरलगायत संस्थाले कोष स्थापना गरेका हुन्

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?