Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

अण्यौलमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते


१९ ,कात्तिक ,बाजुरा । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन् ।

घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?