Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः मन्त्री शर्मा


दाङ । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उहाँले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताउनुभएको हो ।

नेपाल धार्मिक रुपमा अत्यन्तै राम्रो सद्भाव कायम राखेर बसेको समाज रहेको बताउँदै मन्त्री शर्माले लोकतन्त्रले सबै जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने धारणा राख्नुभयो । ‘हामी हिन्दु, मुश्लिम, बौद्ध, ईसाई लगायत सबै धर्म मान्ने मान्छेहरु एक आपसमा मिलेर बसेका छौं’– उहाँले भन्नुभयो– ‘विविधताभित्रको एकता हाम्रो पहिचान हो, यसलाई अझै समृद्ध बनाउन लोकतन्त्रले मात्रै सक्छ, निरंकुशतन्त्रमा जनताको विविधतायुक्त संस्कृतिको संरक्षण हुँदैन ।’

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक रहेको स्पष्ट गर्दै उहाँले सबै समुदायको अधिकार यसबाटै सुनिश्चित हुने बताउनुभयो । ‘हामीले धर्मनिरपेक्ष भन्नाले सतातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेका छौं’– मन्त्री शर्माले भन्नुभयो ।

बेला बेलामा देशका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने गतिविधी हुने गरेको बताउँदै उहाँले सबै धर्मको सम्मान गरेर धार्मिक सद्भाव कायम गर्नु हर नागरिकको दायित्व हुने बताउनुभयो । संविधानले सुनिश्चित गरेको धार्मिक सांस्कृतिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै उहाँले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको बताउनुभयो । ज्योतिषशास्त्रलाई अन्धविश्वासबाट मुक्त गरेर गणितीय विज्ञानको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै उहाँले दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिषशास्त्रसहित समग्र पूर्वीय दर्शनको अध्ययन अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेसंविलाई नेपालको मात्र नभई विश्वकै पूर्वीय अध्ययनको केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक दर्शनले जीवन दर्शन सिकाउने र त्यसका आधारमा मानव सभ्यताको विकास हुने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढाउने बताउनुभयो । जोतिषशासत्रमा आबद्ध हुने युवाहरुको संख्या बढ्नुको खुशीको कुरा भएको औल्याउँदै उहाँले यसको खोज, अनुसन्धान र प्रयोगलाई समयानुकुल प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट करिव आठ सय जना प्रतिनिधि सहभागी छन् । अध्यात्म सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?