Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नवदुर्गा सिद्धिको मुकुण्डो तान्त्रिक विधिबाट निर्माण


५,कात्तिक ,भक्तपुर । धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध तान्त्रिक नाचका लागि नवदुर्गा देवगणलाई अत्यावश्यक मुकुण्डो तान्त्रिक विधि पुरा गर्दै निर्माण भएको छ ।

घण्टाकर्ण चतुर्दशीका दिनबाट सुरु भएको याछेंका ७७ वर्षीय पूर्ण चित्रकारले तीन महिना लगाएर तयार पारेको नवदुर्गाका भैरव (कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृङ्गी) दुई गरी गरी १३ देवगणका लागि १३ वटा मुकुण्डो तान्त्रिक विधि पुरा गरी तयार भएको हो ।

तान्त्रिक विधि अनुसार विशेष प्रकारको बोचा भनिने माटोलाई मैदा र पानीको माडमा मुछेर डल्ला बनाई हावामा सुकाएर कपास एवं नेपाली कागज राखेर मुकुण्डो बनाइन्छ । यसरी निर्माण भएको मुकुण्डोलाई दुई साता सुकाएपछि तयार हुने चित्रकारले बताए ।

दसैँको महानवमीको दिन साँझ चित्रकारको घरमा स्थानीयलाई दर्शनको लागि प्रदर्शनीमा राखिने मुकुण्डोलाई नवदुर्गा देवगण बन्ने गाथा अर्थात वनमालाले तान्त्रिक पुजाआजा गरी लैजाने विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्ने प्रचलन छ ।

नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन रु.तीन लाख ५० हजार खर्च लागेको बताउदै चित्रकारले खर्च व्यवस्थापनको लागि रु. २५ लाखको अक्षय कोष स्थापना भएको जानकारी गराए ।

विगतका धेरै वर्ष आफ्नै खर्चले मुकुण्डो बनाउदै आएपनि पछिल्लो वर्ष अक्षयकोष बनाएपछि सहज भएको उनले बताए । नवदर्गा नाचमा खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र, नकीं र १३ देवगणसहित १९ जनाको समूह हुन्छ ।


प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?