Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार शुन्यमा पुर्याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पारेका छन् । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताए। गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्नसके राम्रो हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार शुन्यमा पु¥याउन सक्छौँ । तर यो कानून कार्यान्वयनबाट हुनेकुराबाट शुन्यमा पु¥याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिवद्धता लियो भने सबै समस्या समाधान हुन्छ । कानूनले पत्ता लगाएर, कानून कार्यान्वयन गर्दा कानूनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानूनबाटै समाधान गर्छु भन्नेकुरा होइन । यसलाई कानून कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानूनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेशन हो । मान्छेको गुणवत्ता वृद्धि गर्नेकुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्नेकुरा पनि हो । सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले मानव मष्तिस्क भन्दा ठूलो कुरा श्रृष्टिले अहिलेसम्म उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गरेका छन्।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?