Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराएका छन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताए । मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु र अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ रहेको रहेको उल्लेख गर्दै उनले मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सभापति देउवाले भने, ‘नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्यलाई पनि म राख्न चाहन्छु । नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ छ । संविधान संशोधन गरेर मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु नै अझै समावेशी लोकतान्त्रिक बनाउन काँग्रेस दृढ रहेको छ । मगर लगायत आदिवासी समुदायको प्रचारजन्य परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार छ ।’

सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न आदिवासी समुदायसँग नेपाली काँग्रेसले सहकार्य गर्ने बताएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?