Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार


काठमाडौं ।स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

यो अवधिमा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ५ अर्ब १३ करोड रुपैयाँबाट घटेर ४ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ। यद्यपि, लोन लस प्रोभिजनमा ३३ करोड रुपैयाँ फिर्ता गर्न सफल भएको छ, जसले बैंकको वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पारेको छ।

प्रतिशेयर आम्दानी ३० रुपैयाँ १७ पैसा रहेको छ, जुन अघिल्लो वर्षको ३४ रुपैयाँ ७३ पैसाभन्दा कम हो। यसैगरी, वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ (प्रतिशेयर १९ रुपैयाँ ८५ पैसा) कायम भएको छ।

निष्क्रिय कर्जा घटाउन बैंकले महत्वपूर्ण प्रगति गरेको छ। अघिल्लो वर्ष २.१४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म १.४७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ पुगेको छ, जसले  बैंकको पूँजीगत स्वास्थ्यलाई मजबुत देखाएको  छ ।

बैंकका अनुसार नाफामा आएको गिरावट मुख्यतः ब्याज आम्दानीमा कमीका कारण हो। तर, कर्जा गुणस्तरमा देखिएको सुधार र निष्क्रिय कर्जा नियन्त्रणमा ल्याउन सक्नु आगामी वर्षहरूमा बैंकको दीर्घकालीन स्थायित्वका लागि सकारात्मक मानिएको छ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?