Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार


काठमाडौं ।स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

यो अवधिमा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ५ अर्ब १३ करोड रुपैयाँबाट घटेर ४ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ। यद्यपि, लोन लस प्रोभिजनमा ३३ करोड रुपैयाँ फिर्ता गर्न सफल भएको छ, जसले बैंकको वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पारेको छ।

प्रतिशेयर आम्दानी ३० रुपैयाँ १७ पैसा रहेको छ, जुन अघिल्लो वर्षको ३४ रुपैयाँ ७३ पैसाभन्दा कम हो। यसैगरी, वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ (प्रतिशेयर १९ रुपैयाँ ८५ पैसा) कायम भएको छ।

निष्क्रिय कर्जा घटाउन बैंकले महत्वपूर्ण प्रगति गरेको छ। अघिल्लो वर्ष २.१४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म १.४७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ पुगेको छ, जसले  बैंकको पूँजीगत स्वास्थ्यलाई मजबुत देखाएको  छ ।

बैंकका अनुसार नाफामा आएको गिरावट मुख्यतः ब्याज आम्दानीमा कमीका कारण हो। तर, कर्जा गुणस्तरमा देखिएको सुधार र निष्क्रिय कर्जा नियन्त्रणमा ल्याउन सक्नु आगामी वर्षहरूमा बैंकको दीर्घकालीन स्थायित्वका लागि सकारात्मक मानिएको छ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?