Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

बेरोजगारी,आर्थिक संकट र लागुऔषधका कारण मानसिक समस्यामा वृद्धि :सांसद इन्दिरादेवी


काठमाडौँ। नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छिन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले बेरोजगारी, आर्थिक संकट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको संख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उनले ग्रामिण क्षेत्रमा सेवा अझै भरपर्दो रुपमा नपुगेको उल्लेख गरिन् । गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गरिकी छिन् ।

उनले भनिन्, ‘हाम्रो समाजमा बेरोजगारी, आर्थिक संकट, लागुऔषध सेवन आदि समस्याका कारण मानसिक रोगको समस्या धेरै बढ्दै गएको छ । आत्महत्याको दर पनि बढ्दै गएको छ । मानसिक रोगको उपचार गर्ने स्वास्थ्य संस्थाहरु सिमित छन् । साथै मनोचिकित्सक पनि अत्यन्तै थोरै भएको हुँदा उपचारको अवस्था कमजोर छ । अझै ग्रामिण क्षेत्रमा यो सेवा भरपर्दो रुपमा पुग्न सकेको छैन । तसर्थ मनोचिकित्सक विषेशज्ञ, परामर्शदाता र उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाका लागि सरकारसँग माग गर्दछु । मानसिक स्वास्थ्यमा अहिले नै ध्यान नदिने हो भने भविष्यमा यसले ठूलो सामाजिक संकट निम्त्याउनेतर्फ ध्यान दिँदै सम्बन्धीत निकायले बेलैमा ठोस कदम चालोस् ।’

बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर संकट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?