Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका छन् । उनकाअनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । बिहीवार पार्टी प्रवेश गर्नेहरु सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भइ सेवानिवृत्त हुनुभएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त हुनुभएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको बताएका छन् । त्यस्तै शोभा जोशी,मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसक्नुभएका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको बताएका छन् ।

उनले भने, ‘सशस्त्र प्रहरीको डिआईजीको रुपमा काम गरिसक्नुभएका दुर्गा भट्टराई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न हुनुभएको छ । सदस्यता लिइसक्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपालको डिआईजीको रुपमा काम गरेर रिटायर हुनुभएको हो । यो मिसनमा सक्रिय रुपमा लाग्ने घोषणा गर्नुभएको छ । एसएसपी विश्वेश्वर थापा, सशस्त्र प्रहरी बलकै रिटायर हुनुहुन्छ । अन्तर्राष्ट्रिय लायन्स क्लवका पूर्वगभर्नर रहनुभएको छ, शोभा जोशीले पनि हाम्रो पार्टीमा जोडिनुभएको छ । अहिले हामी कहाँ दैनिक रुपमा हजार जना भन्दा बढीले सदस्यता लिइरहनुभएको छ । मिन्तिरा लामा पनि जोडिनुभएको छ । रिटायर्ड कर्नेस साव डा. प्रद्युम्न पौडेल हुनुहुन्छ । ललितबहादुर श्रेष्ठ हुनुहुन्छ ।’

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?