Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका छन् । उनकाअनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । बिहीवार पार्टी प्रवेश गर्नेहरु सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भइ सेवानिवृत्त हुनुभएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त हुनुभएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको बताएका छन् । त्यस्तै शोभा जोशी,मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसक्नुभएका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको बताएका छन् ।

उनले भने, ‘सशस्त्र प्रहरीको डिआईजीको रुपमा काम गरिसक्नुभएका दुर्गा भट्टराई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न हुनुभएको छ । सदस्यता लिइसक्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपालको डिआईजीको रुपमा काम गरेर रिटायर हुनुभएको हो । यो मिसनमा सक्रिय रुपमा लाग्ने घोषणा गर्नुभएको छ । एसएसपी विश्वेश्वर थापा, सशस्त्र प्रहरी बलकै रिटायर हुनुहुन्छ । अन्तर्राष्ट्रिय लायन्स क्लवका पूर्वगभर्नर रहनुभएको छ, शोभा जोशीले पनि हाम्रो पार्टीमा जोडिनुभएको छ । अहिले हामी कहाँ दैनिक रुपमा हजार जना भन्दा बढीले सदस्यता लिइरहनुभएको छ । मिन्तिरा लामा पनि जोडिनुभएको छ । रिटायर्ड कर्नेस साव डा. प्रद्युम्न पौडेल हुनुहुन्छ । ललितबहादुर श्रेष्ठ हुनुहुन्छ ।’

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?