Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

मौसम पूर्वानुमान : पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना


काठमाडौ : हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे
समितिको हलमा बस्नेछ । आजको बैठकमा दिगो विकास लक्ष्यको मध्यावधि समीक्षा अध्ययनको लागि अवधारणापत्र प्रश्तुत गर्ने सम्बन्धमा छलफल हुनेछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा तहगत राज्य संरचनाको विकासमा लैङ्गिक मुलप्रवाहिकरण, समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी कानूनी व्यवस्था र वर्तमान अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?