Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

चिर्कटोमा अडेको कोशीको विश्वासः सरकारको भबिष्यमाथि प्रश्नै प्रश्नै !


काठमाडौं।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज विहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।

छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको बर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ ।

कोसी प्रदेश नेपाली संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तगरेका हुन् । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?