Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै


नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल– ५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकासका योजना अगाडि बढाएको छ ।

‘सेफहाउस‘ सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरपालिकाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ । यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँचवर्षे योजनामा सार्वजनिक गरेको छ । एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ । प्रशासनिक भवन निर्माण नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित प्रतापपुर गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको छ ।

भाडाको घरमा बस्दै आएकाले यसपटक चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरी आफ्नो प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको हो । रु १२ करोड बढी लागतमा बन्ने प्रशासनिक भवन निर्माणका लागि करिब नौ कट्ठा जग्गामा भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो । यसैबीच पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ । अहिले सो क्षेत्रमा रहेको स्वास्थ्यचौकीका पुराना जीर्ण भवन भत्काउने कार्य भइरहेका छ । यसपछि प्रशासनिक भवनको शिलान्यास गरिने जनाइएको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?