Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन


यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो । नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ना लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । अमरगढी नगरपालिका–१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी एक हजार पाँच सय बढीले उपचार सेवा लिएका छन् । आज वडा नं ६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयवासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारले बताउनुभयो । गाउँमै चिकित्सकबाट उपचार पाउँदा स्थानीयवासी हर्षित छन् । दुई दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्यपरीक्षण गराएका छन् । ज्येष्ठ नागरिक, असक्त, असाहय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिँन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सिक टिमका लक्ष्मीप्रसाद भट्टले बताउनुभयो । एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एक्सरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधि वितरण गरिएको स्थानीय तहले जनाएका छन् ।

शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो । उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन् । सदरमुकाममा पाउने सेवा गाउँघरबाटै पाउँदा स्थानीयवासी खुसी भएका छन् । शिविरमा ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उलेख्य रहेको शिविर सञ्चालन गरेका पालिकाले जनाएका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?