Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन


यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो । नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ना लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । अमरगढी नगरपालिका–१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी एक हजार पाँच सय बढीले उपचार सेवा लिएका छन् । आज वडा नं ६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयवासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारले बताउनुभयो । गाउँमै चिकित्सकबाट उपचार पाउँदा स्थानीयवासी हर्षित छन् । दुई दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्यपरीक्षण गराएका छन् । ज्येष्ठ नागरिक, असक्त, असाहय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिँन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सिक टिमका लक्ष्मीप्रसाद भट्टले बताउनुभयो । एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एक्सरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधि वितरण गरिएको स्थानीय तहले जनाएका छन् ।

शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो । उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन् । सदरमुकाममा पाउने सेवा गाउँघरबाटै पाउँदा स्थानीयवासी खुसी भएका छन् । शिविरमा ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उलेख्य रहेको शिविर सञ्चालन गरेका पालिकाले जनाएका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?