Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

आज मिति २०८० साल असोज २५गते विहीवारको राशिफल


 

आज मिति २०८० साल असोज २५ गते विहीवार ( oct 12, 2023 ) आश्विन कृष्णपक्ष त्रयोदशी १९:४२ बजेसम्म त्यसपछी चतुर्दशी

मेष – सानातिना काममा समय व्यातित हुदा महत्वपूर्ण कामहरु थाती रहनेछन्। विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ। काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ। प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ। न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले केहि दिनको लागी पछी सार्नु उपयूक्त हुनेछ। पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो आउने छैन।

बृष – व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला। सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ। पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ। मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ। दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ। खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन्।

मिथुन –व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ। सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ। बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ। आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ। राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन। तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

कर्कट – व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनुपर्नेछ। सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन्। माया प्रेममा अविश्वास तथा पति पत्नी बीच मनमुटाव बड्नेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ। सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाब बड्नेछ। समयको र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ।

सिंह – माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन्। स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ। रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ। अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ। मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ।

कन्या – साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ। भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ। माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ। पैत्रिक धन तथा सरकारी सम्पत्ती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ।

तुला – गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ। पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ। स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला। व्यापार व्यावासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ। घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ। तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ।

बृश्चिक – लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ। शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ। भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ। माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ। पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ।

धनु – काम गर्ने सवालमा शक्तिशाली व्याक्तिहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा आफू कमजोर भईनेछ। नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपार्ईँको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन्। व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन। मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेकोछ। अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपार्ईँको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ।

मकर – ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ। सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पत्तिहरु जोड्न सकिनेछ। व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ। पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन्। माया प्रेममा सामिप्यता बढेर जानेछ।

कुम्भ – सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ। समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन्। व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ। अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ।

मीन – बिद्यामा गरीएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ। शिक्षा क्षेत्रमा गरीएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ। भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ। प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?