Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने


काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको निमा एकेडेमी स्रोतले जानकारी दिएका छन् ।। यस प्रकारको प्रतियोगिता रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक सुरुवात गर्न लागेको हो ।

यो प्रतियोगिता स्टेमपेडिया लगायत मोटवानी जडगेजा फाउन्डेसन, आर्टपपार्क, एआई र रोबोटिक्स टेक्नोलोजी पार्क र नीति आयोग द्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडीजीएस) सँग आवद्ध वार्षिक कार्यक्रम हो । दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेमपेडिया को विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको छ। जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको छ । यसका साथै निमा एकेडेमीले स्किल्सअप ग्लोबलसँग तालिम साझेदारको रूपमा सहकार्य गर्ने छ ।

कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले भन्नुभयो, “यो नेपालमै पहिलो पटक हुनलागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाईउनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।”

यस्तो कार्यक्रम सन् २०२२ मा आयोजना भएको थियो जसमा ७० भन्दा बढी देशका सहभागीहरुले प्रतियोगितामा भागलिएका थिए र १३ देशबाट ५० जना सहभागीहरू विजयी घोषित गरिएका थिए । उक्त कार्यक्रम भव्य रूपमा सफल भएकोथियो ।

यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । अक्टोबर ६,२०२३ देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुलसहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्नेछन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहकोलागि छनोट गरिने छ ।

निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनीहो । डिजिटलाइजेसन (Digitalization) को माध्यमबाट नेपाली शिक्षा प्रणालीमा दशकौँदेखिको शैक्षिक विशेषज्ञतालाईआधुनिक प्रविधिसँग जोडेर नेपालमा परम्परागत सिकाइ विधिलाई स्तरोन्नति गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।आफ्नो स्थापना कालदेखि नै निमा एकेडेमीले २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्नई–लर्निङ स्रोतहरू विकास गर्दै आएको छ । यसका साथै निमा एकेडेमीले शैक्षिक कोडिङ एप पिक्टोब्लक्सदेखि एआई एप्लिकेसन निर्माणमा प्रयोग गरिने पिथोन जस्ता कोडिङ एप्लिकेसन प्रोग्रामिङको बलियो आधार प्रदान गर्दै एआई को क्षेत्रमा प्रवेश गरेको छ । निमा एकेडेमी बारे थप जानकारीका लागि तलको लिंकमा क्लिक गरेर जानकारी लिन सक्नु हुनेछ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?